यात्रा एक : कथा अनेक
0
यात्रा एक : कथा अनेक यात्रा क्रमशः
कुनै एक खेलको भगहरुजस्तै बिभिन्न चरण हरु पार गरेर यो २ बर्ष बित्यो । जहा सजिला पहरदेखी असजिला र अफ्ट्यारा जङ्घारहरु पनि पार लाउन पर्यो। हुनत मानिस एक विवेकशील प्राणी भएकोले सफलताको लागि यि बिभिन्न चरणहरु पार गर्दै अगाढी बढ्नैपर्छ । अनेक र हरेक परिस्थितिहरुसङ्ग जुध्दै शिक्षाको असमानता र समाजमा बिधमान रहेका समस्याहरुको जरो उकासि समानताको लहर फैलाउने उद्देश्यले शुरुवात यो प्रज्ञार्थि यात्राले शिक्षाको बाटोनै रोज्यो। बिधालयबाट विद्यार्थीको मनस्थिति र मनोबल वृद्धि तथा गुणस्तरीय शिक्षाको लागी शुरु भएको मेरो यात्रा यात्रा एक कथा अनेक बन्यो र त्यस कथाको पात्र स्व्यम म थिए । कसैको सुदृस्तीले मलाइ यात्रामा प्रेरणा मिल्यो भने कसैको कुदृष्टिले मलाइ मेरो कमिकम्जोरिहरुको महसुस दिलायो र मलाइ अझै मेरो गल्तिहरु सुधार्ने मौका दियो ।
भनिन्छ नि बिधालय एक समाज परिवर्तनको माद्याम हो , शिक्षकहरु मध्यस्तकर्ता र विद्यार्थीहरु परिवर्तनको बाहक । घर विद्यार्थीको पहिलो पाठशाला हो भने बिधालय दोस्रो । तर मेरो बिचारमा शिक्षकहरु पनि दोस्रो गुरु हुन् विद्यार्थीहरुको जहा पहिलो गुरु भनेका उनीहरुकै अभिभाबकहरु हुन् किनकि हरेक बालबालिकाहरुको पहिलो सिकाइ आफ्नै घरबाट आफ्नै अभिभाबकाहरुबाट हुन्छ । मलाइ शुरुमा लाग्थ्यो हैन यी समाजहरुमा समस्या कत्तिपनि छैन जहा ब्याक्तिहरु आफ्नै आफ्नै पाराले जीवन ब्यातित गरुरहेका छन् त्यसैले यहा के समस्या ? तर हामीले गर्ने एउटा महान गल्ति भनेको समस्यासंग जुध्न र समस्या पत्ता लगाउन त्यो समाजको हरेक कुनासम्म पुग्न पर्दोरहेछ । तसर्थ हामि समस्या छैन छैन भनेर बाहिरि संसारबाट हेरिरहेका हुन्छ तर बास्तबिक समस्याहरु त्यसै कुनाकाप्चाहरूमा मूल जराझैँ गडियर बसेको हुन्छ र परिस्थिति असहज बनाउनेहरुको ताती लागेर काडाजस्तो जताततै फिजियर बसेको हुन्छ ।
मेरो यात्रा साच्चै कथानै कथाहरुले भरिएका छन् जुन कथामा धेरै ब्याथाहरु पनि मीसिएको थियो । कक्षाकोठादेखि आरम्भ गरेको यो यात्रामा शुरुका दिनहरुमा खासै समस्याहरुको पहिचान गर्न सकेको थिएन । किनभने म अनभिज्ञ थिए त्यो बेलामा । मा विद्यार्थीहरुको र समाजको लागि नौलो थिए उनीहरु मेरा लागि नौला थिए ।
पछि बिस्तारै समयसङ्गै कोल्टे फेर्दै समाजलाइ चिन्न थाले र विद्यार्थीहरुलाइ पनि; उनिहरुले पनि मलाइ चिन्दै गए। छोटो समयमा भिजेछु समुदायमा । बिस्तारै विद्यार्थीहरुका समस्याहरु बुझ्दै गए, मलाइ त लाग्थ्यो सबै सर्बसम्पुर्ण छ तर कथा साच्चै अनेक र भिन्न रहेछन। शुरुको दिनहरुमा समुदाय विद्यार्थीको घर चाहार्दै हिड्ने क्रममा धेरै कथा र ब्याथाहरु सुनिएका र देखिएका थिए, तर त्यतिबेला मेरो मनले गर्न केहि सकेन सुन्न मात्रै सक्यो। मुटु छोयो समस्याहरुले, मन काप्यो असमानताको भुङ्ग्रोले र दात किट्यो असहाय रिसहरुले । उसैत सरकारी बिधालय भन्ने बित्तिकै मानिसहरु दात टोक्छन, खिल्ली उडाउछन तर यो सब गर्ने फेरि त्यही समुदायकै मानिसहरु हुन्छन। कहिले बारम्बार बिधालयमा शिक्षक फेरिरहने समस्याहरुले विद्यार्थीको सिकाइमा गहिरो नकारात्मक प्रभाव परेको समस्याहरु, कहिले बिद्यार्थीले भोगेका अनेक मानसिक तथा शारीरिक पिडाका ब्याथाहरु, कहिले बिधालय र समाजमा राजनितिक अखडाले बनेको भङ्खडाहरुको खाल्डोमा परि चुर्लुम्म डुबेका भिन्न ब्याक्तिहरुको विद्यार्थीको सिकाइमा परेका नकारात्मक असरहरु आदि इत्यादी धेरै कुराहरु जरामा लुकेर बसेका हुदोरहेछन। एउटा शिक्षक परिवर्तन र व्यावहारले विद्यार्थी र बिधालयको सिकाइमा कतिसम्म प्रभाव पार्दछ भन्ने कुराको निक्र्योल गरि साध्य छैन। एउटा प्रसङ्ग जोडन चाहान्छु ।
म एकदिन समुदाय घुम्ने क्रममा एकजना अभिभावकले भन्नुभो, सर यो बिद्यालयमा त राम्रो शिक्षकहरु ३-४ महिना पनि टिक्दैन, हजुरको पनि धेरै गुणगान सुनेको छु न फेरि छिट्टै छोडेर जानुहुने पो हो कि? मेरो छोरा ६ मा पढ्छ पहिलेत जहिले प्रथम हुन्थ्यो आजकाल त पढाइ बिग्रेर खत्तम भाकोछ । स्कुलले पनि त्यती वास्तै गर्दैन त्यो मोटे सर हुदाखेरि एकदम राम्रो थियो पढाइ हुन्थ्यो त्यो सर गएसित के हो के हो सबै लथालिङ्ग भयो। पहिले फस्ट आउने छोरो अहिले झन्डैले फेल भाको । अनि मैले सोधे, अनि तपाइहरु केहि भन्नुभएन र दाइ स्कुलमा गएर? तपाईंहरु अभिभावक हुनुहुन्छ तसर्थ समस्याहरु भन्न पाउने हक छ । उहाले भन्नुभो, " कहा हामिलाइ फुर्सद हुनु एक दुइ छाक खाना लाउनको लागी हाड छाला घोटेर अहिलेसम्म जिविका चलाइराखेको छु कसरी भ्याउनु जानलाइ?" अन्तिममा उहाले सर तपाइ सधै बस्नुहोला भनेर उहाले बिन्ती गर्नुभो म अक्क न बक्क भए किनकी मेरोपनी कार्यकाल जम्मा २ बर्षको थियो।त्यो रातभरी सोचे " हैन उहा अभिभावकलाइ आफ्नो बालबच्चाप्रतिको चिन्ता पनि छ, फेरि बिधालयमा हरेक महिनाजसो शिक्षक परिवर्तन भैराखेको छ जो आएपनी पक्कै राम्रै गुणस्तरीय शिक्षा त पढाउलान नि सोचे। "
वास्तवमा सरकारी बिधालयहरुमा तिन प्रकारका शिक्षक हुन्छन, स्थायी शिक्षक, अस्थायी करार शिक्षक, राहत शिक्षक र निजि शिक्षक । तर यिनिहरुले पाउने सुबिधा सबै एउटै हो। तर यत्ती हुदाहुदै पनि स्कुलमा शिक्षक अभाव हुनुको कारण के हो त? बुझ्न कोसिस गरे । मैले पछि आकलन गरे एउटा शिक्षक खोज्नलाइ १ देखी २ महिना लाग्दोरहेछ । र अर्को समस्या कार्यक्षेत्र सदरमुकामबाट धेरै टाढा पनि भएकाले खासै शिक्षकहरु जान नमान्ने रहेछन त्यहाँ ।
अब यहाँ दोष कसलाइ दिने? एक त शिक्षकहरु खोज्न जिल्ला बाहिरनै जान पर्ने, अर्को मुख्य समस्या गाउमा दक्ष जनशक्तिनै छैन। त्यहा भबिस्यमा समस्या नहोस भन्नका लागी अब एउटै विकल्प थियो विद्यार्थीहरुलाइ गुणस्तरीय शिक्षा प्रदान गरि स्नातक तहसम्म अध्यन गर्न सक्ने बनाउने र त्यस्तो बातावरण सिर्जना गर्ने र मेरो यात्रामध्यको एउटा लक्ष्य पनि यहि थियो । मेरो यो माध्यमलाइ जोड्न सहयोग गर्ने टिच फर नेपालको पनि एक मात्र स्लोगन थियो "one day all children in Nepal will attain an excellent education" यानिकी "नेपालका हरेक बालबालिकाहरुले एकदिन गुणस्तरीयता शिक्षा प्राप्त गर्नेछन।" यहि नै थियो मेरो लागी गहिरो प्रेरणाको एक अंश ।अब कुरा रहयो सम्बन्धको । समाजमा कुनै पनि परिवर्तन सम्बन्ध बिना अधुरो छ । र यो कुरा पनि बुझ्न जरुरि छ कि सामाजिक परिवर्तन कुनै बेला तीव्र गतिमा हुने गर्छ भने कुनै बेला सुस्त वा धिमागतिमा हुने गर्छ । समाजको वास्तविक बुझाइ त्यस समाजभित्रका हरेक गतिविधिहरुका थाहा पाउन सम्बन्ध स्थापित हुन जरुरि छ। र हामीलाई यो पनि थाहा छ कि कुनै पनि सामाजिक परिवर्तनको लागि र सभ्य समाज निर्माणमा विद्यार्थीहरुको भूमिका अत्यन्तै महत्वपुर्ण रहन्छ । यसको लागि पहिला विद्यार्थीहरुको अभिभाबकसंग सम्बन्ध स्थापित गर्नुनै सबैभन्दा पहिलो प्राथमिकता हो जस्तो लाग्छ मेरो अनुभवबाट ।
अत: देशका कर्णधारका रुपमा चिनिने विद्यार्थीले नै मक्किएको समाजका खम्बालाई बलियो पार्न सक्छन् र चुहिएका छानालाई टाल्न सक्छन् । आत्मविश्वास, धैर्य, ज्ञानी र विवेकशील एवम् स्वाभिमानी विद्यार्थीले नै सभ्य समाज निर्माणको महान् यज्ञमा जुटेर ठूलो र महवपूर्ण भूमिका खेल्न सक्छन् ।जसरी कमलको फूलबिना एउटा तलाउ सुन्दर देखिँदैन, त्यसरी नै विद्यार्थीको अथक परिश्रमबाट समाजले आफूलाई सिंगार्न सक्दैन । वास्तवमा समाज शिक्षित भएरमात्र त्यो सभ्य बन्न सक्छ र विद्यार्थीले असभ्य समाजमा रहेका खोटलाई खारेर सभ्य समाज बनाउन सक्छ । विद्यार्थी एक चेतनशील वर्गको दर्जामा पर्ने हुनाले उसले समाजका हरेक मानिसलाई शिक्षित बनाउन आवश्यक देखिन्छ । उनीहरु समाजका हरेक मानिसलाई शिक्षा प्रदान गर्ने कार्यमा तत्पर हुनु जरूरी छ । हाम्रो समाजमा अल्पसंख्यक मानिसहरु मात्र शिक्षित छन् । उनीहरुमा चेतनाको दीप बाल्न विद्यार्थीहरु सक्रिय हुनुपर्छ, किनभने कुनै पनि क्षेत्रको सुधार गर्नुछ भने शिक्षा नै त्यसको पहिलो सर्त हो । विद्यार्थीले समाजमा विद्यमान रहेका विकृतिहरुलाई निर्मूल गरी शिक्षालाई उजागर गर्न सक्छन् । उनीहरुले समाजमा बस्ने मानिसहरुलाई विकासका कार्यमा संलग्न गराउन सक्छन् । सबै मानिसहरु हातेमालो गर्दै सुधारका कार्यमा अगाडि बढ्न जरूरी छ । त्यसमा विद्यार्थीहरु नै प्रेरणाका स्रोत बन्न सक्छन् । उनीहरुले महिला सशक्तीकरण कार्यमा समेत विचार पु¥याएर महिलाहरुलाई पनि निर्माण कार्यमा लाग्ने सुअवसर दिनुपर्छ । त्यस्तै, सधैँ विद्यार्थीले सभ्य समाज निर्माण गर्ने बाटोलाई वरण गरी त्यहाँका कुप्रवृत्तिलाई जरैदेखि निर्मूल पारी चौतर्फी विकासको तीर फाल्न सक्छन् । आफ्नो देश र समाजलाई सुधार गर्न सधैँ तत्पर हुनुपर्छ विद्यार्थी, किनभने आफ्नो समाजप्रति केही पूरा गर्नुपर्ने दायित्व हुन्छन्, जसलाई विद्यार्थीहरुले मनन् गर्न जरूरी छ ।
२०७५ साल बैशाख ८ गतेबाट ताघृङमा शुरूवात गरिएको यात्रामा समाजका हरेक बिशम परिस्थितिहरुसङ्ग जुध्दै परिवर्तनको घेरामा बाध्न लम्केका यि पाइलाहरुले शिक्षाको माध्यम रोजेको थियो। कहिले उतारचढावहरुको सामना गर्दै कहिले समाजको साथ र सहयोगमा आफ्नो लक्ष्य निर्धारण गर्दै अगाडी बढेका कदमहरुले शिक्षाको ज्योति फैलाउदै सकारात्मक सोच र क्षमताको बिकाश गर्न सब्बल नै रहिरहयो। शिक्षाको असन्तुलनको लेखाजोखामा होमिएका यि सोचहरु र असन्तुलनलाइ सन्तुलन पार्न लागिरहने यि मेरा हातहरुले कसैको पनि साथ सहयोग माग्न छोडेन । मेरो प्रज्ञार्थि यात्रा विद्यार्थीको तह र असमानतालाइ निष्क्रिय पार्ने अनि समाज परिवर्तनको वहावलाइ निरन्तर दिने प्रणयनै रहयो र यो बहाब म त्यस ठाउमा नभएपनी कुनै माध्यमबाट सधै रहिरहनेछ ।।।।
तसर्थ यात्रा क्रमशः
(लेखकले श्री प्रेम मिलन मा वि ताघृङ छापा लमजुङमा २०७४ देखी २०७६ सम्म विज्ञान विषयका प्रज्ञार्थी हुनुहुन्थ्यो र हाल ग्रामिण वाल कल्याण नेपालमा संस्थापक अध्यक्ष हुनुहुन्छ ।)
Follow his journey
https://www.youtube.com/sunilthapamagar
https://www.facebook.com/RCWNp/