0

खुशी अध्ययन

मानिस धनी भएमा खुशी हुने कुरामा म असमर्थ छु । यसरी विजय कुमारलाई आएका जीवनका कालखण्डलाई उनले जसरी पत्रकार भएर काम गर्दा उनी यता उता भाैंतारिएर अन्य मानिसहरु का जीवनमा दु:ख र सुखका कुरा टिप्थे, उनकाे जीवनकाे व्यथा कसरी कसले टिप्ने उनकाे मनकाे व्यथा कसले सुन्थ्यो । उनकाे याे किताब पढेर मलाई पनि एक प्रेरणा मिलेकाे छ । जसरी उनले भनेका थिए - ‘सारा जीवन प्रश्न साेधे,अब उत्तर दिन चाहन्छु’ । त्यसैगरी मेरा जीवनमा छाेटाे प्रश्न र छाेटाे उत्तरकाे अनुभव मैले गरिसके, जसरी याे खुशी पढ्दा पढ्दा रमाइलाे तर विजय कुमारकाे दु:ख स्थिति पढ्न त सजिलाे हुन्छ तर उनकाे ठाउँमा एकचाेटी उभिएर हेर्ने हाे भने हामीलाई एघार हजार भाेल्टकाे करेन्ट लागेझै हुन्छ । उनले विभिन्न क्षेत्रमा बसेर काम गर्दा पनि उनी त्यति सन्ताेष र खुशी भएकाे म देख्दिन तर उनले आफू कहाँ खुशी छु भनेर नभाै‌तारिएका पनि हाेइन। खुशी मानिसकाे एक सन्ताेष हाे, धेरै जसाे मानिस जीवनलाई फेदबाट नबाँचेर टुप्पाेबाट जिउन प्रयत्न गर्छन् । उनीहरु ठान्छन् धेरै वस्तु, धेरै पैसा र धेरै नाम भएपछि जीवन खुशी हुनेछ । तर सत्य त्यसकाे ठीक उल्टाे छ । मानिसले सर्वप्रथम आफू त्याे हुन सक्नुपर्छ, जाे उसकाे वास्तविकता हाे । आजभाेलि मलाई लाग्छ, मान्छे जाेसुकै हाेस् जस्ताे सुकै हाेस् जुनसुकै पेशा, धर्म, लिङ्ग वा विचारधाराकाे किन नहाेस्, उसले खाेजेकाे मुल कुरा एउटै रहेछ - खुशी।

प्रेममै खुशी भनेकाे पनि दिनु रहेछ, बाँड्नु रहेछ । जाेसँग जे छ, त्यही दिने केही नभए प्राथना गर्न, मुस्कान दिने । साँचाे मनले कसैलाई दिएकाे मुस्कान पनि अमूल्य छ । जीवनमा मिठा कुरा सुन्नेछन्, तर तिनकाे भरमा मात्र जीवन नचल्ने रहेछ ।

याे नठानियाेस् कि प्रसिद्ध हुनु, धनी हुनु, शक्तिवान हुनु, वा रुपवान हुनु आफैमा कुनै नराम्राे अनुभव हाे । बेनाम हुनु, गरिब हुनु, कमजाेर हुनु वा धेरै रुपवान हुनुभन्दा अघिल्लाे विकल्प धेरै क्षेस्कर हाे । अर्काे जुनीमा पनि कुनै गुमनाम, बेनाम मानिस हुनुभन्दा म धेरथाेक नाम चलेकाे मानिस नै हुन रुचाउनेछु ।

भाेली कसले देखेकाे छ र आजकाे काम हामीले राम्राेसँग गर्नुपर्छ, काेशिस गर्नुपर्छ । मेराे भविष्यमा अगाडी बढ्नेलाई म आमन्त्रण गर्दछु र अगाडी बढ्न नदिनेलाई पनि सलाम गर्दछु ।

सलीना घाेरासैनी
Kalika Chetana Madhyamik Vidyalaya Phatakshila, Sindhupalchok

 
Spread the love