0
वातावरणको महत्त्व
सुन है सङगी सुन है साथी,
वातावरण संरक्षणले पुगौ माथि माथि ,
यसैको काखमा पाउँछौ हामीले बास,
यसै को सहयोगबाट फेर्छौ हामीले सास,
बिरुवा पछी जनावर रैछन् यसकै अङ्ग ,
प्रदूषणले फेरि दिन्छ प्रकृतिको रङ्ग ,
विकासको नयाँ नयाँ रुप आउन थाल्यो ,
विकास सँगै विनासको दुख पनि हुन थाल्यो,
धूलो मैलो वातावरण हामी के पो गर्छौ,
प्रकृतिको विनास भए हामी पनि मर्छौ,
बालबालिका युवा अनि सबै जना जागौं,
वातावरण संरक्षणको अभियानमा लागौं,
टोलटोलमा सफा गरौं वृक्षरोपण गरौं,
सकारात्मक सोच राखौ सबै जना जुटौं।
नमूना घिमिरे
कक्षा 8
श्री चन्द्रद्धय माध्यमिक विद्यालय
मर्सयाङ्दी 6 बाहुनडाँडा लमजुङ
कक्षा 8
श्री चन्द्रद्धय माध्यमिक विद्यालय
मर्सयाङ्दी 6 बाहुनडाँडा लमजुङ
