KathaHamro
Story of the journey
  • Home
  • Blog
    • Voice
    • Travel
    • Poem
    • Struggle
    • Projects
  • Student
  • Season
    • contemplation
    • Kooky
    • Self Reflection
  • Magazine
धोतिको अपमान, नेपालीको अपमान हो।

धोतिको अपमान, नेपालीको अपमान हो।

Shailendra Jha

0

धोतिको अपमान, नेपालीको अपमान हो।

म कक्षा छमा पढ्दा मेरो ब्रतबन्ध भयो।तालु भएर टुपी मात्रै भएको शिर देखाउन लाज लाग्थ्यो मलाई । साथीहरुले जिस्काउँछन् भनेर ढाका टोपी लागएर विद्यालय गए । टोपी नै लगाउने भए ढाका टोपी मात्रै लगाएर आउने नियम थियो म पढ्ने विद्यालयमा। म विद्यालय पुग्दा साथीहरु मलाई देखेर झन् धेरै हाँस्न थाले । ढाका टोपी लगाएको तिमीलाई सुहाउँदैन, साथीहरुले मलाई भने । एक महिना भरि मेरो द्वन्द रह्यो ढाका टोपी राम्ररी लगाउन, तर सकिन । पछि कक्षा नौं तिर विद्यालयबाट घर फर्किने क्रममा मेरो एकजना मिल्ने साथीले भन्यो, मारवाडीहरु नेपाली प्रमाणित गर्न सुहाउँदो नसुहाउँदो भए पनि दौरा सुरवाल ढाका टोपी लगाएर राजालाई भेट्न जान्छन् । अरु साथी गलल्ल हाँस्दै भने , देखावटीहरू! त्यो दिन बल्ल मैले बुझें किन मलाई ढाका टोपी नसुहाएको होला । पुस्तौंदेखि पहाडी समुदायले लगाई राखेको पहिरन, राजा महेन्द्रले सबै समुदायलाई थुपार्न खोजेका थिएँ । मेरो खानदानमा म भन्दा अगाडी कसैले पनि , नागरिकताको लागि फोटो खिच्नु बाहेक, ढाका टोपी लगाएको थिएँन । हाम्रो समुदायमा पुरुषले लगाउने लुगा भनेको धोति, कुर्ता, पाग र दोपट्टा हो। यो पहिरन आथवा कुनै पनि अरु जात जतिको पहिरनले किन दौरा सुरवाल ढाका टोपी जत्तिको सम्मान पाउन सकेन । अर्को तरिकालेभन्दा किन धोतिले सुरवाल जत्ति कै सम्मान पाउनु जरुरि छ ?
म पढ्ने विद्यालयले नै जानी नजानी विभेद गरेको रै’छ । सधैं नेपाल एक बहुजातीय, बहु भाषिक राज्य भनेर पढाइयो हामीलाई । तर व्यवहारमा अझै आएको छैन । मारवाडी ब्यापारीको यो देशको अर्थतन्त्रमा ठुलो योगदान हुँदा पनि, किन त्यो समुदायको एक ब्यापारीले एक महत्वपूर्ण भेटमा दौरा, सुरवाल, ढाका टोपी मै सिमित हुनु पर्ने ? किन एक मधेशी बालकको लागि ढाका टोपीको मात्रै विकल्प दिएको होला? बहु जातिय बहु भाषिक समुदायलाई साँचै सम्मान नै गर्ने हो भने मानसिकता मै परिवर्तन हुनु जरुरि छ। यदि यो मानसिकता परिवर्तन हुँदैन भने, किताब मा लेखिएका ती मिठामिठा शब्द हरु आर्थहीन हुन जान्छ।
सन् २०१६ तिरको कुरा हो , म शंखमुलको एउटा क्याफेमा नेपाल र भारतको साउथ एसियन गेम अन्तर्गत फूटबलको अन्तिम निर्णायक खेल हेरिरहेको थिएँ। म त्यति खेल हेर्न रुचाउने मान्छे होइन। तर नेपाल फाइनलमा भएको हुनाले त्यो खेल हेरिरहेको थिएँ । नेपाली खेलाडीको राम्रो प्रदर्शन थियो र आन्तिममा सकरात्मक नतिजासंगै नेपालले साउथ एसियन गेम २३ वर्ष पछि जित्यो । तर मेरो उत्साह एकै छिन्मा सुस्तायो। “धोतिलाई हराइयो ! धोतिलाई हराइयो !” जति उत्साहले अरुको यो आवाज सुन्थें, त्यति नै म निराश हुँदै गए। मेरो बुबाले धोति लगाउनु हुनुहुन्छ, हजुरबुबाको स्मरण गर्दा धोति बाहेक अरु केहि पहिरन याद आउँदैन, मेरो समुदायमा बहुसंख्यक मानिसलेले धोति नै लगाउँछन् । कसरि म आफ्नै समुदायलाई आपमान गर्न सक्छु । धोति एक सभ्यता हो, जुन नेपाल र भारतको केही समुदायको प्रतिनिधित्व गर्दछ। नेपाली फूटबल टीमले त्यो सभ्यतालाई हराएको थिएँन ।नेपालको फूटबल टीमले भारतको फूटबल टीमलाई मात्र हराएको थियो । आफ्नो सभ्यता, पुर्खाको अपमान गर्न नसक्ने भएर म सुरुक्क लागेर त्यो काफेबाट निस्केर आफ्नै अतित सम्झंदै घर तिर फर्के ।
Art by: Pranay Shrestha

Hamro Terai

Art by: Pranay Shrestha
किन मैले त्यो दिन त्यहाँ भएको साथीहरुलाई मेरो भावना बुझाउने प्रयास गरिनँ ? साँचै भन्ने हो भने म थाकी सकेको थिएँ, अल्प ज्ञानीहरुसंग तर्क गर्दा गर्दा ! बुझ्न नचाहनेलाई जति तार्किक भए नि नसकिदो रहेछ बुझाउन भन्ने मेरो आत्म विश्लेषण भैसकेको थियो। अर्को कुरा त्यहाँ भएका धेरै साथीहरु कहिले मधेश नगएकै होलान्। सायद ति साथीहरुलाई ३०-३५ प्रतिशत नेपालीहरु जो मधेशी समुदायका हुन्, उहाँहरुको मौलिक पहिरन नै धोति हो भन्ने थाहा नभएको होला। आथवा थाहा भएपनि राजा महेन्द्रको राष्ट्रियताको नीति नै पूर्ण रुपले स्वीकारेको पनि हुन सक्छ त्यो जमातले। राम्रो कुरा के हो भने मेरो कतिपय गैर मधेशी साथीहरुले यो संवेदनशील कुरालाई धेरै नै मनन गरेको पाउँछु म । तर अच्चम कहाँ लाग्छ भने जब मधेश मै हुर्केका गैर मधेशीहरु धोति र भारत पुरक होइन भनेर थाहा हुँदा पनि अनभिज्ञ भै दिन्छन् । अनभिज्ञताको कुरा गर्दा बौद्धिक भनाउँदादेखि राजनीतिज्ञ सम्मले धोति, मधेशी, भारतीय र बिहारीको भिन्नता छुट्टयाउन नसकेको कयौं पटक पाएँ। कति पटक म नै दोधारमा परें, छुट्टयाउन नसकेको हो कि छुट्टयाउन नचाहेको हो भनेर ?
जे सुकै कारण होस् , धोतिको अपमान गरेर बारम्बार मधेशी को आत्मसम्मानलाई चोट पुर्याउने काम चाहिं निरन्तर भैराखेको देख्दा धेरै नै दु:ख लाग्छ। खाशमा यो सोचाईले जातिय विभेदलाई धेरै नै प्रोत्साहन गरेको छ ।यो विभेदले गर्दा पुरै देशले ठुलो मूल्य ब्योहरी सकेको छ। यस्तो आचरणको निरन्तरताले ठुलै मूल्य चुकाउनु पर्ने हुन सक्छ । म कक्षा ११-१२ तिर काठमाडौँमा पढ्दा हृतिक काण्ड भएको थियो। चर्को चर्को नारा हरु – “धोति मुर्दाबाद” आज पनि मेरो कानमा त्यो गुन्जन छ । त्यो घटनाले नेपालमा हृतिकको लोकप्रियतामा कमि आएको छैन तर धेरै मधेशीको चित्त चाहिं दुखेको छ। कुनै समयमा हृतिक रोशन काठमाडौँ आए भने सायद पुरै टुडिखेल नै भरिन्छ होला ! तर त्यहि घटनाले कैयौं मधेशीले आजसम्म पनि त्यो पिडा बिर्सन सकेका छैनन् । एक विद्वान वैज्ञानिक जसले विज्ञानमा ठुलो योगदान दिन सक्थे, उसलाई केहि समयको लागि त्यहि हृतिक काण्डले विखण्डकारी बनायो ।डा. सी. के. राउत विखण्डकारी हुनु जति गलत हो, त्यो भन्दा बढी गलत हो विभेद पूर्ण जातीय मानसिकता जस्ले अरु जात-जातिको सम्मान गर्न सक्दैन। त्यहि विभेदपूर्ण जातियताले डा. सी. के. राउत जस्तो विद्वान वैज्ञानिकलाई विखण्डकारी बनाउँछ । कस्तो उदेकलाग्दो दुई कौडीको राष्ट्रियता, भारतीयसंग नतमस्तक हुने अनि मधेशीलाई चाहिं बेइज्जत, बद्नाम र दमन गर्ने ! यो राष्ट्रियता र नाजीको राष्ट्रियतामा के फरक ? यो राष्ट्रियता र KKK को राष्ट्रियतामा के फरक ? यो राष्ट्रियता र अतिवादीमा के फरक ? यो राष्ट्रियता र ट्रंपको राष्ट्रियतामा के फरक ?
Art by : Prerana Maharjan

Mithila Arts

Art by : Prerana Maharjan
कैयौं समय मैले यसको बारेमा बोलिन । मेरो वरिपरीको पक्षपाती हेराईलाई मैले परिवर्तन गर्न सक्ने छमता आफूमा देखिन। निरन्तर रुपमा आफ्नो कर्म गर्ने र जति सकिन्छ यो देशको प्रगतिको लागि आफ्नो ऊर्जालाई खर्ची रहें। तर केहि समययता भारतले नेपाली भूमिमा बाटो बनायो । यसको बिरोध सबै नेपालीले गरिराखेको छन् । हामी नेपालीको चित्त पनि दुखेको छ। अनि यतिकैमा मेरो एकजना साथी ले फेसबुकमा एउटा मेमे सेयर गरेछ, “धोतिले सुर्ती मिचेको सुहाउनछ, सीमा हैन !”। मेरो यस्ता साथीहरु धेरै विद्वान वर्गका हुन् – नेपाली भूमि त्यागेर अमेरिका, युरोप र अस्ट्रेलियाका नागरिक भैसकेका छन् अथवा हुनको लागि दिन रात त्यहि मुलुकमा खटि राखेका छन्, भने केहि विद्वानहरु नेपाल मै महत्वपूर्ण ओहोदामा पुगेका छन् । तर यी विद्वानहरुले बिर्सिए धोतिलाई गाली गर्दा, मधेशीलाई गाली गरिराखेको – आफ्नै देशको नागरिकलाई गाली गरिराखेको । यहि धोति पृष्ठभूमि भएको कुनै व्यक्तिको दिन रात खेतमा मेहनत गरेकोले गर्दा पौष्टिक आहार खान पाएको होला यी बौद्धिकहरुले । गणित विज्ञान जस्ता कुनै बिषय अवश्य पनि पढेकै होलान्, यहि धोतिवालाहरूबाट । कुनै न कुनै धोति पृष्ठभूमिबाट आएको व्यक्तिले उसलाई शारीरिक रुपमा स्वस्थ हुन योगदान पुर्याएकै होलान् । जति नै योगदान भए पनि यी विद्वानहरुले सम्झने भनेको होच्याउन र गिज्याउन मात्र हो ।
व्यक्तिगत , सामाजिक र राष्ट्रिय स्तरमा धोति पृष्ठभूमिबाट आएको व्यक्तिले गरेको योगदान तिमिले बिर्सेर धोति लगाउनेहरुको आपमान गर्यौ। तिमीले अपमान गरेको मधेशी धोतिहरु, नेपालको सिमाको रक्षा गरिरहेका छन्, भारतीयसंग लडेका छन् तर हारेका छैनन् र तिमी परदेशमा बसेर आथवा काठमाडौँको कन्सर्टमा 1974 AD को गीत सुन्दै तालमा ताल मिलाई नाच्दै गर्छौं होला , “जसो गर जे भन जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ” भनेर । कहिले फुर्सद भयो भने सोच्नु होला, जति गर्व तिमी दार्जीलिंगको गायकको गर्छौ र त्यहि धुनमा नाज्दै नेपाली हुनु को गर्व गर्छौ , त्यति नै बेइज्जत धोति लगाउने मधेशीको किन गर्छौँ ? अर्को महत्वपूर्ण कुरा के हो भने रातारात नेपाली भूमिमा भारतले बाटो बनाएको पनि होइन ।बाटो बनाउँदै गर्दा हाम्रो प्रधानमन्त्रि, रक्षामन्त्रि, गृहमन्त्रि, सेना-प्रमुख , सशस्त्र-प्रमुख , मुख्य -सचिव, गृह-सचिव, प्रमुख जिल्ला अधिकारी, खुफिया एजेन्सीहरु चाहिं के गरिराखेको थिए? यी ठुला-ठुला निर्णायक पदमा धोति लगाउने मधेशी होइन दौरा, सुरवाल, ढाका टोपी लगाउने समुदाय कै मान्छेहरू छन् । तर म तिमी जतिको संकीर्ण सोच राख्दिन । यी केहि व्यक्तिको क्षमता अथवा नियतको कमिको दोष सम्पूर्ण समुदायलाई दिन्न। तिमीले त विदेशीको दुष्कर्मको दोष पनि आफ्नै देशको नागरिकलाई दियौ ।
म आशा गर्दछु एकदिन, तिमीले मधेशी प्रति गर्व गर्ने छौ, धोतिलाई आफ्नो मान्ने छौ। म आशा गर्दछु एक दिन तिमीले धोति, मधेशी, भारतीय र बिहारीको भिन्नता छुट्टयाउन सक्ने छौ। मेरो शुभकामना छ तिमीलाई, छिट्टै तिमीमा विवेक आउने छ। मलाई विश्वास छ एक दिन तिमीले आफ्नो देशको सम्मान गर्ने छौ।

For more of his writing

Visit: http://shailendrajha.com/ 

Please leave your comment down below.
What are you views?
 
Spread the love

Shailendra Jha

Shailendra Jha

→ Shailendra Jha

THE SMIRK ON THEIR FACE यात्रा एक : कथा अनेक

Related Posts

Untitled

Blog, Poem

Untitled

The lockdown

Blog, Poem

The lockdown

Bamboo: the story untold

Blog, Poem

Bamboo: the story untold