उसले लक्ष्मण रेखा टेक्यो

तयारी बेजोडले भैरहेको थियो । अस्ती हेरेको बिहे भन्दा निकै बेजोड । लेक्साइडमा कृस्टमस आउँदा जस्तो झिलिमिली । अनि राता र सेता बेटारिएका जस्ता पर्दा । बारान्डबाट हेर्दा खुबै रमाइलो देखिएको थियो बिहे घर । “खर्च टन्नै गरेछन् । हुन त गुरुङ गाउँ अनि लाहुरेको घर । गाउँ  घर तिर यस्तै हो मिस । हुने खानेले अलिअली झिलिमिली त देखाउनै पर्‍यो नि ।”, बिहान ८ बजेको क्लास भ्याएर खाना खाँदै  गर्दा एउटा विद्यार्थी छेउमा आएर भन्यो । मनमनै सोचेँ मानिसलाई आफ्नो इज्जतको कति चिन्ता  छ । अरुले बनाइदिएको इज्जत रुपी ऐनमा मानिस आफुलाई हेर्छ र

More